सिएका विद्यार्थीहरुले लगाए त्रिविमा ताला

काठमाडौँ । सिए अध्ययनरत विद्याथीहरुले समकक्षता नदिएको भन्दै त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी गरेका छन् ।विश्वविद्यालयले समकक्षता नदिएको भन्दै रेक्टर अफिस र सिडिसी अफिसमा तालाबन्दी गरेका हुन् ।

यसअघि उनीहरुले समकक्षताको लागि विद्यार्थीको हस्ताक्षर गरी उपकुलपतिलाई बुझाएका थिए । तर कुनै सुनुवाई नभएपछि रेक्टर अफिस र सिडिसी अफिसमा तालाबन्दी गरेको विद्यार्थीहरुले बताएका छन् ।

उनीहरुले समकक्षता दिने लिखित निर्णय नभएसम्म तालाबन्दी नखोलने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *