यथास्थितिमा एमसीसी स्वीकार्न सकिँदैन : नेता श्रेष्ठ

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले यथास्थितिमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) स्वीकार्न नसकिने बताएका छन् ।

एमसीसी अनुमोदनका लागि समय माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवासँग मिलेर लेखेको पत्र सार्वजनिक भएपछि नेता श्रेष्ठले यस्ताे धारणा अघि सारेका हुन् ।

उनले पार्टी अध्यक्ष हस्ताक्षरित एमसीसीलाई पठाइएकाे पत्रले पार्टीकाे दृष्टिकाेण र अडानप्रति कुनै द्विविधा र भ्रममा नपर्न आग्रह समेत गरेका छन् । उनले लेखेका छन्, ‘पार्टी दृढ छ, यथास्थितिमा यो सम्झौता स्वीकार गर्न र संसदीय अनुमोदन प्रक्रिया अघि बढाउन मिल्दैन, सकिँदैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *