पेट्रोलियमको मूल्य वृद्धिविरुद्ध विप्लव निकट अखिलको प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले पेट्रोलियममा भएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने माग गर्दै प्रदर्शन गरेको छ ।

सरकारले जनताको ढाड सेक्ने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै तत्काल फिर्ता लिन माग गर्दै संगठनले बिहान रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) अगाडिको सडकमा प्रदर्शन गरेको हो । नेपाल आयल निगमले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो ।

निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर समान ३ रुपैयाँ र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको थियो । बाह्य हवाई इन्धनको मूल्य १०० डलर प्रतिकिलोलिटर वृद्धि गरेको थियो ।

मूल्य वृद्धिपछि काठमाडौँ उपत्यकामा पेट्रोल १४२ रुपैयाँ, डिजेल र मट्टितेल ११५ रुपैयाँ प्रतिलिटर पुगेको छ । त्यस्तै, निगमले आन्तरिक हवाई इन्धनको मूल्य १० रुपैयाँ बढाएर प्रतिलिटर ११६ रुपैयाँ र बाह्य हवाई इन्धनको मूल्य १०० डलरले बढाएर प्रतिकिलोलिटर एक हजार ९५ डलर निर्धारण गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *