हिमपातले दुई दिनदेखि अवरूद्ध राजमार्ग खुल्यो

धनगढी । हिमपातका कारण दुई दिनदेखि अवरूद्ध बनेको भीमदत्त राजमार्ग सुचारू भएको छ । सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग हिमपातका कारण बिहीबारदेखि अवरुद्ध बनेको थिथो ।

राजमार्गमा परेको हिउँ पञ्छाएपछि सडक सञ्चालनमा आएको सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ । वर्षा र हिउँ पर्न रोकिएपछि शनिवार बिहानैदेखि स्थानीय तहका डोजर र नेपाली सेनाले हिउँ पञ्छाउने काम सुरु गरेको थिए ।

सडक खुलाइएपछि बाटोमै अलपत्र परेका यात्रु र सवारी गन्तव्यतर्फ हिँडेका छन् । डडेल्धुराको साहुखर्क र हगुल्टे लेकमा बाक्लो हिउँ जमेको थियो । बझाङ जोड्ने जयपुथ्वी राजमार्ग भने अझै अवरूद्ध छ ।

राजमार्गको डोल्यामोडमा जमेको हिउँ पञ्छाएर सडक खुलाउने प्रयास जारी रहेको समेत प्रहरीले बताएको छ। वर्षा र हिमपात भएसँगै उच्च पहाडी जिल्लाको जनजीवन प्रभावित बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *