सरकारी गाडी चल्न रोक्दै अनेरास्ववियु

धनगढी । सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको विरोधमा आन्दोलित बनेको एमाले निकट अनेरास्ववियु कैलालीले सरकारी गाडी चल्न रोकेको छ । आन्दोलनका पूर्वघोषित कार्यक्रम अनुसार अनेरास्ववियु कैलालीले शुक्रबार सरकारी गाडी चल्नमा अवरोध गरेको हो ।

विरोध कार्यक्रमको अवज्ञा गर्ने, सरकारी गाडी चल्न नदिने र चलाइएको पाइएमा साँचो नियन्त्रणमा लिने अनेरास्ववियु कैलालीका संयोजक किशोर शाहले बताए ।

उनले अनेरास्ववियुको केन्द्रीय कमिटीको निर्देशन बमोजिम जिल्लामा विरोधका कार्यक्रम सञ्चालन भइरहेको बताए ।  अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालले यसअघि बुधबार धनगढीमा विरोध प्रदर्शन गर्दै प्रधान मन्त्री शेरबहादुर देउवाको पुत्ला समेत जलाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *