थप ३,१७५ काेराेना संक्रमित, १४ जनाकाे मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १७५ जना काेराेना संक्रमित भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार २६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ७४२ जना र २ हजार ५७९ जनाको एन्टीजेन परीक्षण गर्दा ४३३ जना गरी ३ हजार १७५ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, साेही अवधिमा संक्रमणबाट थप १४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएकाे छ ।

हाल देशभरमा ६३ हजार २९६ सक्रिय संक्रमित छन् भने ८ हजार ७२३जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *