मन्त्रालय फुटाएकाे विराेधमा मुख्यमन्त्रीलाई कालाे झण्डा

विराटनगर । मन्त्रालय फुटाउन लागेको भन्दै विराटनगरमा विद्यार्थीले मुख्यमन्त्रीलाई कालो झण्डा देखाएका छन् ।

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई कालो झण्डा देखाउन खोज्ने नेकपा एमाले निकट अनेरास्ववियुका विद्यार्थी र प्रहरीबीच बिहीबार घम्साघम्सी भएको हो ।

काठमाडौँबाट विराटनगर आउँदै गरेका मुख्यमन्त्री राईलाई कालो झण्डा देखाउन विद्यार्थीहरू विराटनगर विमानस्थल रोडमा भेला भएका थिए ।

मुख्यमन्त्री राई विराटनगर ओर्लिएलगत्तै मुख्यमन्त्री कार्यालय जाने क्रममा विद्यार्थीले कालो झण्डा देखाउन खोज्दा प्रहरीले बल प्रयोग गरेको थियो । सो क्रममा विद्यार्थी र प्रहरीबीच केहीबेर घम्साघम्सी भएको थियो । कालोझण्डा देखाउन खोज्दा प्रहरीले अनेरास्ववियु उपमहासचिव भाष्कर खनाललगायतका विद्यार्थी नेताहरूलाई दुर्व्यवहार गरेको विद्यार्थी नेता तुलसी घिमिरेले बताए । प्रदेशमा सरकारले १२ मन्त्रालय बनाउने तयारी गरेको भन्दै चौतर्फी आलोचना हुँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *