लाेकसेवाका स्थगित परीक्षा फागुन ६ देखि हुने

काठमाडौँ । कोरोनाभाइरसका कारण स्थगित भएका लोकसेवा आयोगका परीक्षाहरू फागुन ६ देखि सञ्चालन हुने भएका छन् ।

लोकसेवा आयोगले समय तालिका सार्वजनिक गर्दै स्थगित परीक्षा फागुन ६ बाट सञ्चालन गरिने बताएकाे हाे । आयोगले उपसचिव वा सो सरह (अप्राविधिकरप्राविधि), शाखा अधिकृत वा सो सरह (प्राविधिक) र स्वास्थ्य सेवा तर्फ नवौँ, आठौँ र सातौँ तहको विभिन्न पदका लिखित परीक्षाहरू फागुन ६ गतेदेखि सञ्चालन हुने जनाएको हाे ।

आयोगले स्थगित भएका सबै परीक्षा २०७९ सालको वैशाख १४ गतेसम्म सम्पन्न हुने उल्लेख गरेको छ ।

परीक्षा सरकारले तोकेको स्वास्थ्य मापदण्डमा रही आयोगबाट स्वीकृत संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) मापदण्ड, २०७७ (संशोधनसहित) पालना गरिने बताएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *