युक्रेन आक्रमण रुसका लागि दुखद् हुनेछ : जोनसन

लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बुधबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेन आक्रमणको विरुद्ध चेतावनी दिँदै यो ‘दुखद साबित’ हुने बताएका छन् ।

जोनसनले पुटिनसँगको फोनका क्रममा चेतावनी दिएका हुन् । उनले रुसी राष्ट्रपतिलाई युक्रेनको सिमानामा रहेका १ लाख सैनिकलाई लिएर गहिरो र चिन्तित भएको एनएचके वर्ल्डले रिपोर्ट गरेको छ ।

बेलायती अधिकारीहरूले एक विज्ञप्ति जारी गर्दै नेताहरूले उत्तेजना कसैकाे पनि हितमा नरहेकाे सहमति जनाएका थिए ।

जोनसनले युक्रेनले चाहेको खण्डमा नाटोको ‘रक्षात्मक गठबन्धन’मा सामेल हुन आवेदन दिने पूर्ण अधिकार रहेको र रुससँगको गतिरोधमा भएको कुनै पनि वार्तामा किभलाई समावेश गर्नुपर्नेमा जोड दिए ।

उनले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँगको वार्तापछि चेतावनी दिँदै किभको भ्रमण सीमामा रुसी सेनाले युक्रेनको लागि ‘स्पष्ट र वर्तमान खतरा’को प्रतिनिधित्व गरेको छ, अल जजिराले जनाएको छ ।

यसैबीच, रुसी अधिकारीहरूले उनीहरूको चिन्ताको लागि नाटोको प्रतिक्रिया अपर्याप्त भएको भन्दै टिप्पणी गरेका छन् ।

युक्रेनलाई लिएर रुस र पश्चिम बीचको तनाव निर्माण भइरहेको छ, पश्चिमले मस्कोलाई आफ्नो पश्चिमी समर्थक छिमेकीमाथि आसन्न आक्रमणको तयारी गरेको आरोप लगाएको छ ।

रुसले युक्रेन आक्रमण गर्ने कुनै योजना नभएको बताउँदै आएको छ । रुसले भने युक्रेनलाई नाटाेमा सामेल हुन नदिने र पूर्व-सोभियत ब्लकमा अमेरिकी नेतृत्वको सैन्य गठबन्धनको विस्तारको विरुद्ध अन्य सुरक्षा ग्यारेन्टीहरूको शृंखलाको माग गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *