जनमत पार्टीद्वारा राजमार्ग अवरुद्ध (तस्बिरहरू)

काठमाडौँ । सिके राउत नेतृत्वको जनमत पार्टीले राजमार्ग अवरुद्ध गरेको छ । सो पार्टीले किसान आन्दोलनअन्तर्गत सप्तरी-रुपनी खण्ड अवरुद्ध गर्दै प्रदर्शन गरेको हो ।

अवरोध र प्रदर्शनका कारण सिरहा, सप्तरी र धनुषालगायत जिल्लाका राजमार्ग क्षेत्रमा प्रभाव परेको छ । सिके राउतको सचिवालयले सार्वजनिक गरेको तस्बिरमा राजमार्गका ठाउँ-ठाउँमा बाँसका भाटा बोकेका कार्यकर्ता देखिन्छन् ।

किसानका माग सम्बोधन नभएकोले आफूहरू आन्दोलनमा आउनुपरेको उनीहरूको भनाई छ । किसानलाई मलखाद दिनुपर्ने, सिँचाइको व्यवस्था गर्नुपर्ने, किसानलाई पेन्सन दिनुपर्ने लगायतका ११ बुँदै माग राखेर जनमत पार्टी किसान आन्दोलन गरिरहेको छ ।

जनमत पार्टीले आजदेखि पूर्वपश्चिम राजमार्ग बन्द गर्ने विरोधको कार्यक्रम यसअघि नै सार्वजनिक गरेको थियो ।

तस्बिर : सीके राउतको सचिवालय

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *