कोरोनाका कारण रोकिएका परीक्षा त्रिविले फागुन १ बाट शुरू गर्ने

काठमाडौँ। त्रिभुवन विश्वविद्यालयले कोरोनाका कारण स्थगित परीक्षाहरू फागुन १ गतेदेखि शुरू गर्ने भएको छ । बुधबार सार्वजनिक सूचनामार्फत त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले विभिन्न संकायका परीक्षाको तालिका समेत प्रकाशित गरेको हो  ।

कार्यालयले वार्षिक परीक्षाअन्तर्गत विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फको चार वर्षे बीएस्सी तथा बीएड चौथो वर्षको नियमित तथा आंशिक परीक्षा गर्ने समय तालिका सार्वजनिक गरेको छ । तालिका अनुसार परीक्षा अपराह्न १२ बजेदेखि तीन बजेसम्म हुनेछन् ।

फागुन २ गतेदेखि तीन वर्षे शिक्षा संकाय तथा मानविकी संकायका स्नातक तहको तेस्रो वर्षको नियमित, आंशिक तथा प्राइभेट परीक्षा सञ्चालन हुनेछ । विभिन्न संकायका परीक्षा तालिका र परीक्षा केन्द्रहरू कार्यालयले वेबसाइटमै राखेको छ। कोरोना  संक्रमित बढेसँगै त्रिविले माघ मसान्तसम्म परीक्षा तथा कक्षा सञ्चालन गरेको थिएन ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *