धनगढीमा एमाले कार्यकर्ता र प्रहरीबीच झडप, इन्सपेक्टरसहित दुई प्रहरी घाइते

धनगढी । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिकाे विरोधमा प्रदर्शन गरिरहेका एमाले कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि प्रदर्शन गरिरहेका एमाले निकट अनेरास्ववियु, राष्ट्रिय युवा संघ र प्रहरीबीच झडप भएको हो ।

प्रदर्शनकारीले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन र राके जुलुस निकाल्न खोज्दा प्रहरीले अवरोध गरेपछि दुई पक्षबीच झडप भएको प्रहरीले जनाएको छ ।

झडपमा परी वडा प्रहरी कार्यालय धनगढीका प्रहरी निरीक्षक गौरीप्रसाद जैसी र अर्का प्रहरी जवान घाइते भएका छन् । उनीहरू दुवै जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले सामान्य धरपकडका क्रममा प्रदर्शनकारीले हानेको ढुंगा प्रहरीलाई लागेको बताए ।

अनेरास्ववियु र राष्ट्रिय युवा संघले तत्काल पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने भन्दै विरोध प्रदर्शन गरेका हुन् ।

सरकारले पेट्रोलियम पदार्थमा प्रतिलिटर तीन रुपैयाँ मूल्य बढाएको छ । योसँगै अब पेट्रोल प्रतिलिटर १४२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १२५ कायम भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *