सुदूरपश्चिम खप्तड गोल्डकप फागुनमा, विजेतालाई २१ लाख

धनगढी । सुदूरपश्चिम मुख्यमन्त्री पाँचौँ अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकप प्रतियोगिता आगामी फागुनमा हुने भएको छ । आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता फागुन १९ देखि २८ गतेसम्म हुने जनाएको हो ।

क्लबका महासचिव प्रकाश शाहीका अनुसार प्रतियोगितामा आयोजक, पाँचवटा ए डिभिजनका, दुईवटा मोफसलका र दुईवटा विदेशी गरी १० टिमको सहभागिता रहने छ । उपाधि विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ (कर कट्टा गरेर) प्राप्त गर्ने महासचिव शाहीले जानकारी दिए । उत्कृष्ट गोलकिपर, डिफेन्डर, स्टाइगर, मिड–फिल्डर, सर्वाधिक गोलकर्ता, उदियमान खेलाडी र प्रशिक्षकलाई जनही २० हजारका दरले पुरस्कार प्रदान गरिने छ ।

प्रतियोगिताको अनुमानित लागत एक करोड ५० लाख भन्दा बढी हुने आयोजकले जनाएको छ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपकबहादुर सिंहले पाँचौँ संस्करणमा प्रवेश गरेको प्रतियोगितालाई निरन्तरता दिन सबैलाई हातेमालो गर्न आग्रह गरे । क्लबका अध्यक्ष सुरेश हमालले कोरोनाका कारण एक वर्षपछि परेको प्रतियोगिता सञ्चालन गर्न अहिले प्रदेश सरकारले ५० लाख रुपैयाँ दिएको छ । धनगढी उपमहानगरपालिकाले पनि २० लाख रुपैयाँसम्म सहयोग गर्ने बचन दिएको आयोजकले जाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *