राष्ट्रियसभा निर्वाचनमा अन्तर्घात गर्नेलाई एमालेले कारबाही गर्ने

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले राष्ट्रियसभाको निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्ने भएको छ ।

बुधबार बसेको सचिवालयको बैठकले यसबारे छानबिन गरी कारबाही गर्न प्रदेश १ र सुदूरपश्चिम प्रदेश कमिटीलाई निर्देशन दिइएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

बैठकले जनसंगठनको महाविधेशनलाई निरन्तरता दिने निर्णय गरेको छ । पार्टीको नियमावली पारित गर्दै फागुनभरि सदस्यस्ता नवीकरण अभियान चलाउने निर्णय पनि बैठकले गरेको छ । बैठकले स्थानीय तहको चुनावका लागि दबाब दिन केन्द्र र सातवटै प्रदेशमा प्रशिण चलाउने, नवयुग मासिक पत्रिकालाई पार्टीको सैद्धान्तिक तथा वैचारिक मुखपत्रका रूपमा चौमासिकरूपमा प्रकाशन गर्ने, पार्टी सदस्यले तिर्ने शुल्कमध्ये केन्द्रमा ४०, प्रदेश र जिल्लामा २५–२५ र जिल्लामा १० प्रतिशत राख्ने, रौतहटको पार्टी विवाद सुल्झाउन संगठन विभागलाई जिम्मेवारी दिनेलगायत निर्णय भएको पनि प्रमुख गुरुङले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *