फेरि बढ्यो पेट्रोलियमको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । आज १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल डिजल र मट्टितेल र आन्तरिक हवाई ईन्धनको मूल्य बढाएको हो ।

निगमले पेट्रोल डिजल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले बढाएको छ । नयाँ मूल्यसूची अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १४२ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १२५ पुगेको छ ।

यस्तै आन्तरिक हवाई ईन्धनमा प्रति लिटर १० रुपैयाँले वृद्धि गरी प्रति लिटर ११६ पुगेको छ । एलपी ग्यासको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।

भारतीय आयल कर्पोरेशनले आज नै नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको थियो । सोही अनुसार नेपालमा पनि मूल्य बढाएको आयल निगमले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *