विद्युतीय भन्सार महसुलबारे व्यवसायीलाई प्रशिक्षण

विराटनगर । भन्सार विभागले प्रारम्भ गरेको विद्युतीय भुक्तानी (ईपेमेन्ट) का सम्वन्धमा अभिमुखिकरण दिइएको छ । उद्योग संगठन मोरङको आयोजना र विराटनगर भन्सार कार्यालयको सहकार्यमा विराटनगरमा व्यवसायीलाई अभिमुखिकरण दिइएको हो ।

नेपाल सरकार अर्थ मन्त्रालय, भन्सार विभागले आयात निर्यात तथा व्यापार सहजीकरण गर्ने उद्देश्यले प्रारम्भ गरेको विद्युतीय माध्यमबाट भन्सार महसुल भुक्तानीबारेमा प्रशिक्षण दिइएको थियो । महसुल भुक्तानी प्रकृयाका सम्वन्धमा उद्योग व्यवसायका कार्यरत जनशत्तिको क्षमता अभिवृद्धि गरी यस सम्वन्धमा थप स्पष्ट पार्न कार्यक्रम आयोजना गरिएको संगठनका अध्यक्ष सुयश प्याकुरेलले बताए ।

कार्यक्रममा विराटनगर भन्सार कार्यालयका माधव अधिकारी र दिपक कार्कीले विद्युतीय माध्यमबाट भुक्तानी गर्दा सेवाग्राहीले अपनाउनु पर्ने प्रकृया, भुक्तानीको माध्यम, उद्योगी/व्यवसायीले अपनाउनु पर्ने सावधानी लगायतका विषयमा जानकारी गराएका थिए ।

विभिन्न उद्योग प्रतिष्ठानका प्रतिनिधिहरुले अनलाइन मार्फत भुक्तानी गर्दा भोग्न परेको समस्याका बारेमा अवगत गराउदै बैंक र भन्सारले आ–आफनो कार्यलय समयमा एकरुपता ल्याउनु पर्ने बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *