दूधको मूल्य बढ्यो

काठमाडौँ । दूधको मूल्य वृद्धि भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको वृद्धि गर्ने निर्णय गरेको हो । दूधको मूल्य ६.५२ रूपैयाँ बढाउँदै प्रतिलिटर ५६.०४ रुपैयाँ कायम भएको छ ।

यसअघि दूधको मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँ थियो । किसानहरुले दूधको उत्पादन लागत बढेको भन्दै मूल्य बढाउन माग गर्दै आएका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *