चितवनमा शिक्षक अस्पताल बनाउन सहमति दिने मन्त्रीपरिषद्को निर्णय

काठमाडौँ । सरकारले चितवनमा शिक्षक अस्पताल बनाउन सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १५ स्थित भगवानपुरमा शिक्षक अस्पताल निर्माण गर्न सहमति दिने निर्णय गरेको हो ।

शिक्षामन्त्री देवेन्द्र पौडेलको प्रस्तावलाई मन्त्रिपरिषद्ले पारित गरेको एक मन्त्रीले जानकारी दिए । शिक्षा मन्त्रालयले गठन गरेको बिमल शर्मा चालिसे संयोजकत्वको सम्भाव्यता समितिले चितवन, भक्तपुर र मकवानपुरमा शिक्षक अस्पताल स्थापना गर्न सक्ने सिफारिस गरेको थियो । सोही अनुसार मन्त्रीपरिषद् बैठकले सहमति दिएको छ ।

अब चितवनमा २१ बिगाह जग्गामा शिक्षक अस्पताल निर्माण गर्ने योजना अघि बढेको छ । त्यस्तै मन्त्रिपरिषद् बैठकले नेपाल खुला विश्वविद्यायको उपकुलपतिमा प्राध्यापक डा। शिलु मानन्धर बज्राचार्यलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *