इटहरीमा भाषा, कला, साहित्य परिषद् गठन

सुनसरी । इटहरी उप-महानगरपालिकाले साहित्यकार कृष्ण विनोद लम्सालको संयोजकत्वमा १५ सदस्यीय इटहरी भाषा, कला र साहित्य सृजना परिषद् गठन गरेको छ ।

उप-महानगरकी उप-प्रमुख लक्ष्मी गौतमको अध्यक्षतामा भएको साहित्य,कला र संगीत क्षेत्रका व्यक्तित्वहरूको भेलाले परिषद् गठन गरेको हो ।

परिषद्को सह-संयोजकमा मणिराज गुरुङ, टीका आत्रेय, सचिवमा बद्री भिखारी, सहसचिवमा बासुदेव तिम्सिना र कोषाध्यक्षमा प्रज्वल पराजुली रहेका छन् । सदस्यहरूमा रीता ताम्राकार, सुष्मा तिम्सिना, दुर्गा दाहाल, अभिशेख तिम्सिना, सोनु जयन्ती, दिनेश कोइराला, प्रकाश सुब्बा, हेमन्त गौतम र नवीन न्यौपाने रहेका छन् ।

त्यस्तै, मोहन तुम्वाहाङको संयोजकत्वमा १५ सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ । उप-प्रमुख लक्ष्मी गौतमले परिषद्ले इटहरीको कला, साहित्य र संगीतको विकासका लागि पालिकालाई सुझाव तथा सल्लाह प्रदान गरी इटहरीको साहित्य संगीत र कला क्षेत्रका विकासमा महत्वपूर्ण कार्य गर्ने अपेक्षा रहेको बताइन् ।

संयोजक कृष्णविनोद लम्सालले साहित्य र कलाका सम्पूर्ण विधालाई समेटेर सबै पक्षको हित गर्ने कार्यविधि निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । इटहरी नगरका विभिन्न भाषा, धर्म संस्कार संस्कृतिको सहर भएकोले त्यसको उन्नयनका लागि काम हुनेमा जोड दिए । साहित्य कलालाई उन्नति प्रगतितर्फ उन्मुख गराउन परिषद् अगाडि बढ्ने उनले बताए ।

भेलामा सल्लाहकार संयोजक मोहन तुम्माहाङ, साहित्यकार कृष्ण अधिकारी, संगीत साधना प्रतिष्ठानका महासचिव राजु केसी, लोकगायक बालकृष्ण कार्की लगायतका साहित्यकार कलाकारहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *