एसएस फाउन्डेसनद्वारा विद्यार्थीलाई ८ सय झोला सहयोग

काठमाडौँ। एसएस फाउन्डेसनले डोटीको झिमे मालिका माध्यमिक विद्यालयलाई ८ सय वटा झोला सहयोग गरेको छ। डोटीको केआई सिंह गाउँपालिका–४मा रहेको विद्यालयलाई फाउन्डेसनले झोला सहयोग गरेको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपतिशमशेर जबराले राजनीतिज्ञ रणबहादुर बलायरलाई उक्त झोला हस्तान्तरण गरे ।
फाउन्डेसनले कोरोना भाइरसको पहिलो र दोस्रो लहरमा देशका विभिन्न स्थानमा स्वास्थ्य सामग्री सहयोग गरेको थियो । फाउन्डेसनका अध्यक्ष मदनदास श्रेष्ठले आगामी दिनमा पनि पनि एसएस फाउन्डेसनले सहयोग जारी राख्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =