ब्राजिलमा भारी वर्षा जारी, बाढी र पहिरोमा परी १८ को मृत्यु

काठमाडाैँ । ब्राजिलमा दुई दिन यतादेखि भिषण रूपमा बाढी आएको छ । बाढी पहिरोमा परी अहिलेसम्ममा १८ जनाको ज्यान गएको बताइएको छ ।यहाँको बाढीका कारण अरू पनि कैयौँ व्यक्ति विस्थापित भएका छन् । बाढीले मृत्यु हुनेको संख्या अहिलेसम्म १८ पुगेको अधिकारीहरूले जनाएका छन् ।

ब्राजिलको साओपाओलो सहर सबैभन्दा बढी प्रभावित रहेको छ । सो सहरमा मात्र १८ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।साओपाओलो राज्यका गभर्नर जोयो दोरियाले भने– ‘हामी निकै पीडामा छौँ कि यहाँका कम्तीमा पनि १८ जना नागरिकले ज्यान गुमाएका छन्, भारी मात्रामा वर्षा जारी नै छ ।’

उनले राज्यको प्रहरी र सेना तथा अरु पनि उद्धारकर्मीहरू उद्धारका लागि जुटिरहेको बताएका छन् । उनले भनेका छन्, ‘हामी उद्धारका काममा जुटिरेहका छौँ, तर भारी वर्षाका कारणले गर्दा उद्धारको काममा पनि समस्या उत्पन्न भएको छ । करिब २० हजार नागरिक घरबाट भागेर अन्यत्रै बसेका छन् । उनीहरू बढीका कारण विस्थापित भएका बताइएको छ ।’

बाढीपछि यस राज्यमा आपतकाल घोषणा गरिएको छ । अधिकांश ग्रामिण भेगमा विद्युत सेवा अवरूद्ध भएको छ भने सडक बगाउँदा यातायात प्रभावित भएको छ ।मौसमविद्हरूले वर्षाको प्रकोप अझै रहेकाले घरबाहिर ननिस्किन भनिरहेका छन् । उनीहरूले वर्षा र आँधीको पनि सम्भावना रहेको चेतावनी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *