कोभिड भ्याक्सिनले महिनावारी चक्रमा केही परिवर्तन आउन सक्छ

बेलायतका महिनावारी विशेषज्ञले कोभिड भ्याक्सिनले महिनावारी चक्रमा केही परिवर्तन आए पनि त्यो छोटो समयका लागि हुने बताएका छन् ।

इम्पेरियल कलेज बेलायतकी चिकित्सक भिक्टोरिया मेलले महिनावारी ट्र्याक गर्ने अमेरिका र नर्वेको अध्ययनलाई ‘आश्वासक’ भनेकी छिन् । यसले कोभिड भ्याक्सिनले प्रजननमा असर पुर्‍याउनेबारे गलत सूचना फैलाएको आरोप लगाएकी छिन् । बेलायतको नियामक निकायले कोभिड भ्याक्सिनले प्रजनन क्षमतामा असर पर्ने कुनै प्रमाण नभएको बताएको छ ।

औषधी र स्वास्थ्य सम्बन्धी सामग्री उत्पादन गर्ने निकायले भने कोभिड भ्याक्सिनपछि धेरै रक्तस्राव र महिनावारी चक्रमा गडबडी भएको ३७ हजार रिपोर्ट प्राप्त भएको जनाएको छ । सधैँ कोभिड महिनावारी प्राकृतिक प्रक्रिया र यसको भ्याक्सिनसँग कुनै सम्बन्ध नरहेको दाबी गरे पनि वैज्ञानिकहरूले थप अनुसन्धानका लागि आग्रह गरिरहेका छन् । ब्रिटिस मेडिकल जर्नलको सम्पादकीयमा चिकित्सक प्रजनन इम्युनोलोजीका विज्ञ मेलले दुईवटा अध्ययनलाई औँल्याएका छन् ।

अमेरिकामा महिनावारी चक्र ट्र्याक गर्ने एप प्रयोग गर्ने ४ हजार जनामा खोपको दोस्रो डोज लगाएपछि महिनावारी हुन १५ दिन ढिला भएको पाइएको थियो । तर पहिलो डोजपछि भने यस्तो समस्या देखिएको थिएन ।

साझा गुनासो
जसले एउटै चक्रमा दुई डोज खोप लगाउने महिलाहरूमा महिनावारी दुई दिन ढिला हुने समस्या देखिएको थियो । डा. मेल भन्छिन् बेलायतका महिलाहरूको हकमा यो अवस्था आउँदैन किनभने उनीहरूमा पहिलोदेखि दोस्रो डोज खोप लगाउँदाको फरक ८ हप्ता सम्म थियो ।

खोप लगाएका १० जना र भ्याक्सिन नलगाएका २५ जना महिलाबीच गरिएको अध्ययनमा महिनावारी चक्र ८ दिनले ढिला भएको पाइएको थियो । त्यसमा पनि दुई चक्रपछि महिनावारी चक्र सामान्य अवस्थामा आइसकेको थियो ।

नर्वेमा ५ हजार ६ सय जनामा गरिएको अध्ययनमा कती प्रतिशतमा महिनावारी प्राकृतिक चक्र अनुसार नै भइरहेको छ देखाएको थियो । अध्ययनमा ४० प्रतिशतमा देखिएको परिवर्तनमा भ्याक्सिन नलगाएको समयकोभन्दा बढी रक्तस्राव भएको भन्ने नै थियो ।

डा मेल भन्छिन्, ‘खोप लगाएपछि महिनावारी चक्रमा परिवर्तन देखिएको छ तर ती छोटो अवधिको लागि र चाँडै सुल्झिने परिवर्तन हुन् । मुख्य चिन्ता त खोपले महिलामा बाझोपन निम्त्याउँछ भन्ने गलत बुझाई र जानकारीले ल्याएको छ । बच्चाका योजना गरिरहेका जोडीमा अध्ययन गर्दा पनि त्यस्तो कुनै समस्या नरहेको तथ्यले हामी अझै स्पष्ट हुन सक्छौ । तथापि कोभिड सङ्क्रमणले शुक्राणु सङ्ख्या र त्यसको गुणस्तर घटाउँछ भन्ने जुन अनुमान छ यस बारेमा थप अध्ययन गरेमा बिरामीलाई सही सल्लाह दिन सकिन्छ । त्यसैले यस विषयमा थप अनुसन्धान आवश्यक छ जसले गर्दा एक ठोस निष्कर्षमा पुग्न सजिलो होस् ।’

मेलले महिनावारी प्रजननको यस खोजबाट एक बिन्दुमा पुग्न धेरै समय लागेको बताइन् । बेलायतमा महिलालाई कोभिडको ५ करोड १० लाख मिलियन डोज लगाइएको छ । –बीबीसीबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *