ओरालो लाग्यो सुन, आजको बजारभाउ कति ?

काठमाडौँ । नेपाली बजारमा सुनकाे मूल्य ओरालो लागेकाे छ ।

आइतवार सुनको मूल्य ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो शुक्रवार तोलामा ९०० रुपैयाँले घट्दै ९२ हजार ६०० मा झरेको सुनको मूल्य थप आज ४०० रुपैयाँले घटेको हो ।

घटेको मूल्यअनुसार आज बजारमा छापावाला सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुनको मूल्य ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घट्दै आज एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको हाे । गत शुक्रवार चाँदी प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *