गाैतमबुद्ध विमानस्थलबाट ‘क्यालिब्रेशन फ्लाइट’ गरिँदै, बुद्ध जयन्तीदेखि नियमित उडान

भैरहवा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी फागुन ९ गतेदेखि ‘क्यालिब्रेशन फ्लाइट’ गर्ने तयारी भएकाे बताएका छन् ।

शनिवार दिउँसो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्दै मन्त्री आलेले फागुन ९ गतेदेखि विमानस्थलबाट क्यालिब्रेशन फ्लाइट गर्ने गरी तयारी भइरहेकाे बताएका हुन् ।

निरीक्षणका क्रममा मन्त्री आलेले अब ढिलाे नगरी क्यालिब्रेशन फ्लाइटका लागि तयारी गर्न भन्दै मन्त्रालय, क्यान र आयोजनाका पदाधिकारी, टिम सदस्य दिनरात काममा खटिनसमेत निर्देशन दिए । त्यस्तै, उनले बुद्ध जयन्तीबाट विमानस्थलले अन्तर्राष्ट्रिय उडान भर्ने समेत बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *