मृत फेला परेका राज्यमन्त्रीका ‘पीएसओ’को कोरोना रिपोर्ट ‘पोजिटिभ’

धनगढी। धनगढीमा केही दिनअघि आफ्नै घरमा मृत फेला परेका प्रहरी हवल्दारको कोरोना रिपोर्ट पोजिटिभ आएको छ । सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला राज्यमन्त्री माया तामाङ बोहराका पीएसओसमेत रहेका प्रहरी हवल्दार रमेशदत्त जोशीको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको हो ।  उनी यही माघ १२ गते आफ्नै घरमा सुतिरहेकै अवस्थामा मृत फेला परेका थिए ।

बिरामी भएको भन्दै घरमा गएका उनले त्यसअघि कोरोना परीक्षणका लागि स्वाब दिएका थिए । मृतक जोशीलाई कोरोनाको लक्षण देखिएपछि कोरोना परीक्षण गर्न लगाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।

उनका अनुसार मृतक जोशीको पोस्टमार्टम रिपोर्ट आई नसकेको र शवबाट लिइएका नमूना भिसेरा परीक्षणका लागिसमेत पठाइएको छ ।  अब सबै रिपोर्ट आएपछि मात्रै मृत्युको कारण खुल्ने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *