पर्यटक तान्दै रामपुरको ‘तालपोखरा’

रामपुर । कोरोनाको बाबजुद तालपोखरा परिसरमा आन्तरिक पर्यटकको बाक्लै चहलपहल देखिन्छ । दिउँसोमा ताल वरपरको प्राकृतिक वातावरणमा रमाउँदै आनन्द लिने युवाको सङ्ख्या यहाँ बढ्दो छ ।

पाल्पाको सदरमुकाम तानसेनबाट करिब ६५ किलोमिटर पूर्वमा अवस्थित रामपुरको तालपोखरालाई पर्यटकीय क्षेत्रको रूपमा विकास गरिएपछि यहाँ आउने आन्तरिक पर्यटक ह्वात्तै बढेका छन् । अहिले दैनिक चार सय हाराहारी मानिसहरू आउने गरेको डुंगा चालक भगवान देवकोटा बताउँछन् ।

उनी भन्छन्, ‘माघे सङ्क्रान्ति पश्चात् मानिसहरू दिनहुँ बढेका छन्, हामीलाई पनि डुंगा चलाउने काम पुगेकै छ, जाडोको समय भएकाले दिउँसो घाम ताप्दै ताल वरपर घुम्नेहरू धेरै आउने गर्नुहुन्छ’ । ताल वरपर डुंगामा घुम्न प्रतिव्यक्ति ५० शुल्क लाग्छ । यहाँ हाल काठका दुईसहित तीन वटा डुंगा प्रयोगमा ल्याइएको छ । विशेषगरी तालपोखरामा युवायुवती र बालबालिका डुंगा सयर गर्दै सेल्फीमा रमाउँने, भिडियो तथा टिकटक बनाउने र फोटो खिचाउनेको भिड लाग्छ ।

एक सय पर्यटकीय गन्तव्यस्थलका रूपमा सूचीकृत पर्यटकीयस्थल तालपोखरामा हालसालै विभिन्न पूर्वाधार स्तरोन्नतिका कामहरू सम्पन्न गरिएपछि यसको सुन्दरताले पर्यटकलाई लोभ्याएको छ । कोरोना कहरमा केही समय बन्द गरिएपनि अहिले भने नियमित रूपमा डुंगा चलिरहेको छ । डुंगा सयर गर्न विभिन्न ठाउँबाट मानिसहरू तालपोखरा आउने गरेको तालपोखरा संरक्षण समितिका सदस्य जनक भण्डारी बताउँछन् ।

मानिसको चहलपहल बढ्दै गएपछि हाँसको आकार भएको आठ जना बस्न मिल्ने छानोसहित फाइवरको डुंगा एउटा र २३ फिटको छानासहित काठको एउटा डुंगा तयारी रहेको उनले बताए । अहिले मिनी फेवातालका रूपमा परिचित बनेको छ, ‘तालपोखरा । पोखराको फेवातालको झल्को दिनेगरी पर्यटकीय पूर्वाधारका कार्यहरू भएपछि अहिले रामपुरको पर्यटन विकासमा यसले योगदान दिएको स्थानीय प्रदिप पाण्डेयले बताए ।

प्रयोगमा नआउने सामान्य खाडलजस्तो जमिनलाई तालको रूपमा विकास गरी पर्यटकीय क्षेत्र बनाइएको बताउँछन् तालपोखरा संरक्षण समितिका अध्यक्ष सागरप्रसाद देवकोटा । ‘एक दशकदेखि तल्लिन भएर तालपोखराको स्तरोन्नतिमा समितिले भौतिक पूर्वाधारका कामहरू गरिरहेको छ, काम गर्ने मनसाय भयो भने बजेट पनि विभिन्न ठाउँबाट उपलब्ध हुने रहेछ’, अध्यक्ष देवकोटाले भने । अध्यक्ष देवकोटाका अनुसार हालसम्म विभिन्न क्षेत्रको सहयोगमा पर्यटकीय पूर्वाधार विकासमा तीन करोड ५० लाख बढी रकम खर्च भइसकेको छ ।

श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ गरी विसं २०६६ बाट यहाँ पर्यटन प्रवद्र्धनको काम शुरु गरी अहिले पर्यटकीय क्षेत्रका रूपमा विकास गरिएको छ । फेवातालको झल्कोस्वरूप तालको बीचमा मन्दिर निर्माण गरिएको छ ।

यहाँ २०७४ माघ २४ गतेदेखि डुंगा सञ्चालन शुरु गरियो । नियमित दुई वटा डुंगा सञ्चालन हुँदै आएकोमा कोरोनाको कहर शुरु भएपछि स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै डुंगा सञ्चालन बन्द गरिएकोमा गत असोजबाट भने नियमित छ । करिब ४५ रोपनी क्षेत्रफलमा ताल फैलिएको छ । तालको बीच भागमा जलेश्वर महादेवको मन्दिर छ । ताल वरिपरि घेराबार, प्रवेशद्धार, पर्यटकका निम्ति फोटो खिचाउन तालको आडैमा सेल्फी जोनको व्यवस्था छ । यसको नाममा पोखरी र पार्क समेत छ । पार्कमा विभिन्न कार्यक्रम, वनभोज हुन्छ । ताल र पार्कसहित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *