थप ६ हजार ८२७ जना काेराेना संक्रमित, १० काे मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ८२७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएकाे छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ७९१ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ८०७ जना र ६ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २० जना गरी ६ हजार ८२७ जनामा कोरोनाभाइरसकाे संक्रमण पुष्टि भएको हो ।  यससँगै  देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या ८९ हजार ९४१ जना कायम भएको छ ।

त्यस्तै, साेही समयमा थप १० जनाको मृत्यु भएको मन्त्रालयले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *