भारतमा एकैदिन थप एक लाख ५१ हजारभन्दा बढीमा कोरोना पुष्टि

नयाँदिल्ली । भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप एक लाख ५१ हजार २०९ संक्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रवार जानकारी दिएको छ ।

हाल भारतमा कोरोना पोजेटिभ दर १५.८८ रहेको जनाइएको छ । यसैसँगै भारतमा कोरोना शुरू भएदेखि हालसम्म चार करोड ६ लाख २२ हजार भन्दा बढी संक्रमित भएका छन् । 

भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको संख्या २१ लाख ५ हजार ६११ रहेका छन् । गएको २४ घण्टामा भारतमा तीन लाख ४७ हजार ४४३ कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना शुरू भएयता हालसम्म तीन करोड ८० लाख २४ हजार ७७१ जनालाई कोरोना सङ्क्रमण निको  भइसकेको छ ।  

गत २४ घण्टामा भारतमा कोरोनाको कारण ६२७ जनाको मृत्यु भएको यसैसँगै कोरोना शुरू भएबाट हालसम्म मृत्यु हुनेको संख्या चार लाख ९२ हजार ३२७ पुगेको छ । कोरोना शुरू भएदेखि हालसम्म ७२ करोड ३७ हजारभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरू भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ६४ करोड ४४ लाख ७३ हजारभन्दा बढी डोज खोप लगाइएको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *