क्यान्सरको भावनात्मक पक्ष : केही सुझावहरू 

काठमाडौँ । क्यान्सरका बिरामीलाई अद्वितीय शारीरिक स्वास्थ्यको आवश्यकता पर्छ । त्यति मात्र होइन उनीहरूको अद्वितीय भावनात्मक र मानसिक स्वास्थ्य आवश्यकताहरू पनि छन् ।

क्यान्सरको भावनात्मक पक्षहरू जस्तै: उपचार पद्धतिले उत्पन्न तनाव व्यवस्थापन, आत्म हेरचाह, उपचारको आर्थिक र कानूनी पक्षको समाधान जस्ता कुराहरूले बिरामीलाई शरीरमा प्रतिरक्षा प्रणाली निर्माण गर्न र सरल तरिकाले उपचार गर्न सकिन्छ ।

यी आवश्यकताहरू पुरा गर्न समाजका व्यक्तिहरूले बिरामीका आफन्तहरूलाई समेत सहयोग र समर्थन गर्नुपर्ने हुन्छ ।  उदाहरणको लागि यदि बिरामीलाई मेडिकल ट्रिटमेन्टको लागि अस्पताल जानुपर्‍यो भने बिरामीको परिवारको सदस्यले नभ्याउँदा पनि समाजका मानिसहरूले सहयोग गर्न सक्छन् ।

यदि अस्पताल आउन जानको अवरोध हटेमा बिरामीको समेत ध्यान उपचारमा मात्र केन्द्रीत गर्न सकिन्छ ।  सामाजिक समूहका व्यक्तिहरूको बिरामीको हेरचाह गर्ने, उपचारको क्रममा सेवाहरू समन्वय गर्ने, सहानुभूति दिने, गुनासो सुन्ने जस्ता कामहरूमा मुख्य भूमिका रहन्छ ।  क्यान्सरका बिरामी र हेरचाहकर्ताहरूको भावनात्मक कल्याण कायम राख्न यी सुझावहरूले सहयोग गर्न सक्दछन् ।

परिवारको सदस्य बाहिरका व्यक्तिसँग कुरा गर्ने

चिकित्सकीय परामर्शदातासँग मात्र भेट्दा कुरा गर्दा अचम्म लाग्न सक्छ । किनभने उनीहरूले छोटो र सीमित अवधिको लागि मात्र बिरामीलाई परामर्श दिने र मद्दत गर्ने काम गर्छन् ।

त्यसैले बिरामीले परिवार बाहेकका कोही व्यक्तिलाई साथी बनाउनु उचित हुन्छ । यसले आफ्नो परिवारलाई मात्र परिवार हुन अनुमति दिई आफ्नो समस्याबारे बताउन एक विश्वसनीय व्यक्ति भेट्न सजिलो हुन्छ ।

दैनिक गतिविधिहरू जारी राख्ने, आवश्यक परेमा परिमार्जन गर्ने

आफूले दैनिक गर्दै आएको कार्यहरू, बानीहरू, गतिविधिहरू परिमार्जन गर्नु असफल हुनु होइन यो त राम्रो आत्म हेरचाह हो ।

हुनसक्छ बिरामी भएपछि कोही व्यक्ति घुम्न, क्याम्प गर्न एक हप्ता समय लिएर टाढा जान सक्दैन तर घर नजिकै दुई दिनको लागि उसले त्यही योजनामा रमाउन सक्छ ।

काम अघि योजना बनाउने 

यदि आफूलाई थाहा छ की सवारी साधनको आवश्यकता छ । अथवा कुनै कुराबाट फाइदा लिन सकिन्छ । त्यस्तो अवस्थामा सुरुमा नै केही अनुसन्धान आवश्यक छ ।अनुसन्धान र योजना बनायो भने योजनाको आनन्द लिन साथीको सहयोग समेत प्राप्त हुन्छ ।

यस्तो बानीले योजनाको अन्तिममा हुने झैझगडा र तनाव कम गर्न सहयोग गर्छ । समयको प्रत्येक मिनेटको फाइदा लिन सकिन्छ । सामुदायिक स्रोतहरूको जाँच गर्ने बानीले क्यान्सरको बिरामीलाई आफ्नो छनोट पत्ता लगाउन, तनाव कम गर्न, मानसिक शान्ति र नियन्त्रणमा सघाउ पुग्छ ।

आफ्नो काम गर्नको लागि प्राप्त हुन सक्ने समर्थन पत्ता लगाउने 

केही व्यक्तिहरूको लागि उही कुराबाट गुज्रिरहेको अरू व्यक्तिसँग जोडिनु साँच्चै महत्वपूर्ण हुन्छ । यस्तो सहायता र समर्थन व्यक्तिगत समूह, कक्षा, आत्म हेरचाहको कक्षा, पोषण वा कानूनी स्रोतहरूबाट प्राप्त हुने शिक्षाबाट लिन सकिन्छ ।

यस्ता स्रोत र समाजका स्वास्थ्य सम्बन्धी व्यक्तिहरुसँगको छोटो समयको परामर्श अन्वेषणको लागि महत्वपूर्ण हुनसक्छ ।

व्यक्तिगत र अनलाइन सहायताबीचको सन्तुलन 

क्यान्सरका बिरामी उपचारको क्रममा रहँदा शारीरिक सीमितता हुन सक्छन् । प्रतिरक्षा प्रणालीसँग सम्झौता गर्नुपर्ने हुनसक्छ । यस्तो समयमा अनलाइन माध्यमबाट सञ्चार गर्नु, आवश्यक ज्ञान लिनु राम्रो र सहज हुनसक्छ ।

एउटा कुरा के याद गर्नुपर्छ भने यो छोटो अवधिको लागि मात्र उपयोगी हुनसक्छ । सामाजिक हुनु भावनात्मक कल्याणका लागि सधैँ महत्वपूर्ण हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *