बलात्कार गरेको आरोपमा तीनजना पक्राउ

विराटनगर । मोरङको सुन्दर हरैँचा नगरपालिकामा सामूहिक बलात्कार गरेको आरोपमा तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बेलबारीकी एक महिलालाई सुन्दरहरैचा नगरपालिका ४ बलियामा रहेको श्रेष्ठ होटल एण्ड फेमेली होटलमा सामूहिक बलात्कार गरेको आरोपमा तीनजनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा होटल संचालकसहित तीनजना रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका ४ बलिया चौकका होटल संचालक ३५ वर्षीय अर्जुन कुमार श्रेष्ठ, सोही स्थानका २५ वर्षीय सुरज श्रेष्ठ र झापा मेचीनगर नगरपालिका ३ का २५ वर्षीय राम वहादुर नेपाली भन्ने सुधान्सु दर्जी रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

पक्राउ परेका तीनैजनाले माघ ७ गते बेलुका साढे ५ बजे ईटहरीबाट घर फर्कने क्रममा महिलालाई गछिया खोलाको पुल नजिकबाट घर पुर्‍याइ दिन्छु भनि गाडीमा चढाएर उक्त होटलमा पुर्‍याएर जबरजस्ती करणी गरेको प्रहरीले बताएको छ । ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले तत्काल होटल संचालक अर्जुन कुमार श्रेष्ठ र सुरज श्रेष्ठ नियन्त्रणमा लिएको थियो । सो घटना घटाई फरार रहेका राम वहादुर नेपालीलाई भने ईलामबाट पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

ईलाम सुर्योदय नगरपालिका १२ तिनघरेमा लुकीछिपी बसेको अवस्थामा नेपालीलाई प्रदेश १ प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका तिनैजना उपर जबरजस्ती करणी मुद्दामा कानुनि कारबाही अगाडि बढाईएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *