नेपालमा बिहीवारसम्म तीन करोड बढी डोज काेराेना खोप लगाइयो
२०७८ माघ १३ गते

काठमाडौँ । नेपालमा बिहीवारसम्म तीन करोडभन्दा बढी डोज कोरोनाभाइरसविरुद्धको खोप लगाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिउँसो सार्वजनिक गरेको तथ्यांक अनुसार तीन करोड चार लाख ७५ हजार ५८९ डोज खोप लगाइएको छ ।
जसमा एक करोड ६४ लाख ५८ हजार ४७५ पहिलो मात्रा, एक करोड ३७ लाख ३४ हजार ३९० पूर्ण मात्रा र दुई लाख ८२ हजार ७२४ अतिरिक्त मात्रा लगाइएको मन्त्रालयले जनाएकाे छ ।
नेपालमा चार करोड २० लाख ४९ हजार ६४० डोज खोप आएको हुँदा तीन करोड चार लाख ७५ हजार ५८९ डोज खोप लगाइएकाले अब एक करोड १५ लाख ७४ हजार ५१ डोज खोप बाँकी रहेको मन्त्रालयकाे विवरणमा उल्लेख छ ।
२०७८ माघ १३ गते
प्रतिक्रिया
सम्बन्धित








