सत्तारूढ गठबन्धन चुनावसम्मै निरन्तर राख्नुपर्छ : नेता केसी

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले पाँच दलीय गठबन्धन आगामी दिनमा पनि निरन्तर राख्नुपर्ने बताएकाे छ ।

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ति प्रकाशित गर्दै सत्तारूढ गठबन्धन अगामी चुनावसम्मै निरन्तर रहने बताएका हुन् । केसीले प्रतिगमनविरुद्ध कायम पाँच दलीय गठबन्धनलाई आगामी दिनमा पनि निरन्तरता दिनु आजको आवश्यकता रहेको उल्लेख गरेका हुन् ।

राष्ट्रिय सभाको निर्वाचनमा पाँच दलीय गठबन्धनको संयुक्त प्रयासबाट एमालेका उम्मेदवार पराजित हुनुले प्रतिगमनलाई परास्त गर्न र गणतन्त्रको रक्षाको संघर्षमा सहयोग पुगेको निष्कर्ष केसीको छ ।

यस्तै, उनले २०६२/६३ काे आन्दाेलनका उपलब्धिलाई समाप्त गर्ने प्रयास भइरहेको जनाएका छन् । राजावादी शक्तिले गणतन्त्रलाई समाप्त गर्न प्रयत्न गरिरहेका र एमालेका अध्यक्ष केपी ओलीका हरेक क्रियाकलापलाई गणतन्त्र विरोधी शक्तिहरूले समर्थन गरिरहेकोसमेत उनकाे दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *