सुन झण्डै १ हजारले ओरालाे

काठमाडाैँ । नेपाली बजारमा बिहीवार सुनकाे मूल्य घटेकाे छ । आज छापावाल सुनको मूल्य प्रतितोला रु ९०० ले घटेर ९३ हजार ५०० तोकिएको हाे । अघिल्लो दिन सुनकाे काराेबार प्रतितोला ९४ हजार ४०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९३ हजार रहेको छ । जसको मूल्य बुधबार प्रतितोला ९३ हजार ९०० थियो ।

त्यस्तै आज चाँदी अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले घटेर एक हजार २९० कायम भएको महासंघले जनाएको छ । महासंघले अन्तरराष्ट्रिय बजारमा सुन तथा चाँदीका कारोबार मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक मूल्य तोक्ने गर्दछ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८१५ डलर आसपास कारोबार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *