राष्ट्रियसभा सदस्यमा मधेस प्रदेशबाट सिद्दिकी विजयी

काठमाडौँ । राष्ट्रियसभा सदस्यमा मधेस प्रदेशबाट अन्य समूहतर्फबाट सत्तारुढ गठबन्धनका मोहम्मद खालिद सिद्दिकी विजयी भएका छन् । उनी कुल मतभार ६ हजार ६७८ ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी उस्मान अन्सारीले दुई हजार ७६६ मतभार हासिल गरे ।

सिद्दिकीले प्रदेशसभातर्फ ७५ र स्थानीय तहतर्फ १७१ मत हासिल गरे भने अन्सारीले प्रदेशसभातर्फ २५ र स्थानीय तहतर्फ ८७ मत हासिल गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *