प्रदेश १ मा महिलातर्फ राई विजयी

विराटनगर । राष्ट्रिय सभा सदस्यका लागि भएको मतदानमा  महिलातर्फ नेकपा एकीकृत समाजवादीकी जयन्ती राई निर्वाचित भएकी छन् । उनले प्रदेशसभाको ५२ र स्थानीय तहको १२२ जनप्रतिनिधिको मत पाइन् ।

गठबन्धनबाट उम्मेदवार रहेकी  राईले ४ हजार ६ सय ९२ मतभार पाएकी छिन् । नेकपा एमालेकी उम्मेदवार सुमित्रा भण्डारीले प्रदेशसभाका ३८ र स्थानीय तहका १४१ जनप्रतिनिधिको मत पाइन् । उनको मतभार ४ हजार ३ सय ६२ पुगेको छ । तेस्रो स्थान पाएकी राप्रपाकी उम्मेद्वार रन्जु प्याकुरेलले प्रदेशमा १ र स्थानीयमा ४ जनप्रतिनिधिको मत पाएकी छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *