प्रदेश १ मा भत्कियो सत्तारुढ गठबन्धन, एमालेका शेर्पा विजयी, बस्नेत र बरालको बराबरी मत

विराटनगर । प्रदेश १ मा नेकपा एमालेका उम्मेदवार सोनाम ग्याल्जेन शेर्पा राष्ट्रिय सभा सदस्यमा विजयी भएका छन्। अल्पसङ्ख्यक कोटाबाट उम्मेदवार बनेका उनले ४ हजार ७ सय ५२ मतभार प्राप्त गर्दा गठबन्धनका तर्फबाट उम्मेदवार रहेका जसपाका हेमराज राईले ४ हजार ३ सय ८६ मत मात्र पाए ।

गठबन्धनको धेरै मत भए पनि राईले कम मत पाएका हुन् ।

यस्तै खुलातर्फ सत्ता गठबन्धनका उम्मेदवार गोपाल बस्नेत र एमालेका गुरु बरालबीच बराबरी मत आएको छ । दुबै उम्मेदवारले ४ हजार ४ सय ८८ मत पाएको निर्वाचन समितिले जनाएको छ । दुईजनाको गोलाप्रथा बाट विजेता चयन गर्ने तयारी भइरहेको छ ।

प्रदेश १ मा गठबन्धनतर्फका जनप्रतिनिधि र सांसदले नै एमाले उम्मेदवारलाई मतदान गरेको सत्तारुढ गठबन्धनका नेताले बताएका छन् ।

मत परिणाम घोषणा भने हुन बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *