फुटबलर हरि खड्कामाथि मुद्दा दायर, नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको अभियोग

काठमाडौँ । राष्ट्रिय फुटबल टिमका पूर्वखेलाडी तथा प्रशिक्षक हरि खड्कामाथि मुद्दा दायर भएको छ । खड्काले प्रमाण पत्र तहको शैक्षिक योग्यताको प्रमाण पत्र नक्कली पेश गरेको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

खड्काले भारतको उत्तरप्रदेशस्थित माध्यमिक शिक्षा परिषदबाट आईएको झुट्टा प्रमाणपत्र पेश गरि त्यसैको आधारमा खुलातर्फको प्रहरी सहायक निरीक्षक (असइ)मा भर्ना भएको र निरन्तर सेवामा रही २०५९ साल पुस १४ गते प्रहरी नायव निरीक्षक पदमा बढुवा भएको अख्तियारले दाबी गरेको छ ।

उनले राज्यलाई हानि पुर्याएको अनुसन्धानबाट खुलेकाले भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतमा अभियोगपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

लामो समय राष्ट्रिय टिम र नेपाल पुलिस क्लबका स्ट्राइकर रहेका खड्का पछि राष्ट्रिय महिला टिमका प्रशिक्षक समेत बनेका थिए । उनी राष्ट्रिय टिमबाट धेरै गोल गर्ने खेलाडीसमेत हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *