लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धनका सबै उम्मेदवार विजयी

काठमाडौँ । राष्ट्रियसभा सदस्यका लागि लुम्बिनी प्रदेशमा भएको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । बुधबार सम्पन्न निर्वाचनमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका युवराज शर्मा, नेकपा (एकीकृत समाजवादी)का राज्य लक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिक (राजेश) विजयी भएका हुन् ।

एमालेका उम्मेदवारहरू रामदयाल गुप्ता, भारती खनाल उपाध्याय र कृष्ण सुनार पराजित भए । मतदानमा प्रदेशसभा सदस्य ८१ र १०७ स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *