एमाले प्रदेश १ को संसदीय दलको बैठक शुरू

विराटनगर । नेकपा एमाले प्रदेश १ संसदीय दलको बैठक शरू भएको छ । दिउँसो साढे २ बजे बस्ने भनिएको बैठक एक घण्टा ढिला शुरू भएको हो । नेकपा एमालेको नेतृत्वको सरकार ढलेपछि अहिलेसम्म प्रदेश १ मा संसदीय दलको बैठक बस्न सकेको थिएन ।

एमालेको सरकार परिवर्तन पछि प्रतिपक्षीको भूमिका कसरी प्रभावकारी बनाउने भन्ने बारेमा छलफल तथा समिक्षा गर्न बैठक बोलाइएको नेकपा एमाले संसदीय दलले जनाएको छ । प्रदेश सभामा अहिले नेकपा एमालेको ४१ जना संसद छन् । ५१ जना प्रदेश सदस्य रहेको एमालेबाट १० जना सांसद छुट्टिएर नेकपा एकीकृत समाजवादीमा गएपछि एमालेको सरकार अल्पमतमा परेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *