राष्ट्रिय सभा निर्वाचन : प्रदेश १ मा तीनजना अनुपस्थित

विराटनगर । प्रदेश १ मा राष्ट्रिय सभा निर्वाचनमा दुई जना स्थानीय तहका प्रतिनिधि र एक जना प्रदेश सांसद मतदानमा अनुपस्थित भएका छन् । स्थानीय तहतर्फ २७० र प्रदेश सभा सदस्य तर्फ ९१ मत खसेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन काश्यप अधिकारीले बताए ।

विराटनगर बाली संरक्षण केन्द्र र प्रदेश निर्वाचन कार्यालयमा आज भएको मतदानमा झापाको गौरीगंज गाउँपालिका प्रमुख बाबुराम श्रेष्ठ र विराटनगर महानगरपालिकाकी उपप्रमुख इन्दीरा कार्की अनुपस्थित भए । श्रेष्ठ छोरीको विवाह र कार्की स्वास्थ्य सम्बन्धी समस्याका कारण निर्वाचनमा मत खसाल्न आइनन् ।

प्रहरीको खोजी सूचिमा रहेकी एमाले सांसद गुलेफुन मिया पनि मत हाल्न आइनन् । प्रदेश१ बाट तीन राष्ट्रिय सभा सदस्यका लागि आठ उमेदवार चुनावी मैदानमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *