एमाले संसदीय दलको बैठक बस्दै

विराटनगर । नेकपा एमाले प्रदेश १ संसदीय दलको बैठक आजै बस्दैछ । नेकपा एमाले नेतृत्वको सरकार ढलेपछि अहिलेसम्म प्रदेश १ मा संसदीय दलको बैठक बस्न सकेको थिएन । एमालेको सरकार परिवर्तन पछि प्रतिपक्षीको भूमिका कसरी प्रभावकारी बनाउने भन्ने बारेमा छलफल तथा समिक्षा गर्न बैठक बोलाइएको नेकपा एमाले संसदीय दलले जनाएकोछ ।

प्रदेश सभामा अहिले नेकपा एमालेको ४१ जना संसद छन् । ५१ जना प्रदेश सदस्य रहेको एमालेबाट १० जना सांसद छुट्टिएर नेकपा एकीकृत समाजवादीमा गएपछि एमालेको सरकार अल्पमतमा परेको थियो । दलको बैठक दिउँसो साँढे २ बजे बोलाइएको संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजजभण्डारीले जजानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *