सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
२०७८ माघ १२ गते

काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको भाउ बढेको छ। आज छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज सुन प्रतितोला ९४ हजार ४ सय रुपैयाँ कायम भएको छ । मंगलबार पनि सुनको मूल्य पाँच सय रुपैयाँले बढको थियो । मंगलबार छापावाल सुन प्रतितोला ९४ हजारमा कारोबार भएको थियो।
यस्तै तेजाबी सुनको मूल्य तोलाको ९३ हजार नौ सय रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय रुपैयाँ कायम भएको छ ।
२०७८ माघ १२ गते
प्रतिक्रिया








