गैँडा मृत्युकाे विषयमा छानबिन गर्न समिति गठन

काठमाडाैँ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रस्थित पूर्व–पश्चिम राजमार्गको वरण्डाभार वन खण्डमा खाडलमा परी गैंडाको मृत्यु भएको विषयमा छानबिन गर्न वन तथा वातावरण मन्त्रालयले कार्यदल गठन गरेको छ ।

मंगलबार मन्त्रीस्तरको निर्णयबाट वन तथा भू-संरक्षण विभागका उप-महानिर्देशक डा. राजेन्द्र केसीको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल बनाइएको हाे । कार्यदललाई १० दिनको समयावधि दिएर घटनाको छानबिन गरी यथार्थ विवरणसहितको प्रतिवेदन पेस गर्न जिम्मेवारी दिइएको मन्त्रालयले जनाएकाे छ ।

कार्यदलका सदस्यहरूमा वन तथा वातावरण मन्त्रालयका उपसचिव (कानुन) रामजी दनाई, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका योजना अधिकृत दिलबहादुर पुर्जा पुन, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र शर्मा र डिभिजन वन कार्यालय चितवनका डिभिजनल वन अधिकृत पदमराज नेपाल सदस्य छन् ।

वरण्डाभार वन खण्डमा सडक विस्तारका क्रममा खनिएको खाडलमा परेर माघ ९ गते गैँडाको मृत्यु भएको थियो ।

विज्ञप्तिः

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *