सिटिइभिटीका परीक्षा स्थगित

काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी)का सबै परीक्षा स्थगित भएका छन् । कोरोना भाइरस (कोभिड- १९ )को संक्रमण बढ्दै गएकाले परीक्षा स्थगित गरिएको हो ।

सिटिइभीटीले अर्को निर्णय नभएसम्म परीक्षा स्थगित गरीने र परिस्थिति सहज हुनासाथ नयाँ परीक्षा तालिका सार्वजनिक गर्ने जनाएको छ ।

सिटिइभीटीले यहि १५ गते बायोमेडिकल तर्फको प्रवेश परीक्षा र २२ गते प्रिडिप्लोमा तहको मौका परीक्षा लिने तयारी गरेको थियो । यस्तै आउँदो २७ गतेदेखि वार्षिक प्रणाली र सेमेष्टर प्रणालीका तर्फका इन्जिनियरिङ, स्वास्थ्य, कृषि लगायतका विभिन्न कार्यक्रम अन्र्तगतका नियमित तथा पुरक परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 1 =