धनगढी उपमहागनरपालिकाद्वारा अत्यावश्यकबाहेकका सेवा बन्द

धनगढी । कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि धनगढी उपमहानगरपालिकाले अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरेको छ ।

उपमहानगरपालिकाले मंगलबार सूचना जारी गर्दै बुधबारदेखि लागू हुने गरी सेवा बन्द गर्न लागेको जनाएको हो । कार्यालयका केही कर्मचारीलाई कोरोना पुष्टि भएको र केही कर्मचारीलाई मिल्दोजुल्दो लक्षण देखा परेर आइसोलेसनमा रहेकाले यही माघ १२ (बुधबार)देखि अत्यावश्यक (स्वास्थ्य, सरसफाई, दमकल र एम्बुलेन्स)बाहेकका सेवा बन्द गर्ने निर्णय गरिएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठद्वारा जारी सूचनामा उल्लेख छ ।

अत्यावश्यक सेवा लिन आउने सेवाग्राहीले अनिवार्य रुपमा स्वास्थ्य मापदण्डको पालना गरी कोभिडविरुद्धको खोपकार्ड लिएर आउन अनुरोधसमेत गरेको छ ।

सुदूरपश्चिममा पहिलोपटक चार जनामा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ संक्रमण पुष्टिसमेत भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *