डिसहोमले ८९९ मा १०० एमबिपिएसको इन्टरनेट दिँदै

काठमाडाैँ । छोटो समयमा देशैभर इन्टरनेट विस्तारमा अग्रसर भइरहेको डिसहोमले सस्तो मूल्यमा उच्चगतिको इन्टरनेट प्रदान गर्दै आइरहेको छ ।

यसैअन्तर्गत कम्पनीले मासिक ८९९ रुपैयाँमा १०० एमबीपीएस इन्टरनेट उपलब्ध गराएको छ । डिसहोमले विगत केही समयदेखि विभिन्न योजनाहरू मार्फत बजारमा आक्रामक उपस्थिति जनाइरहेको छ ।

यस अफर अन्तर्गत ८९९ रुपैयाँमा १ महिना, २ हजार ६९७ रुपैयाँमा ३ महिना, ५ हजार ३९४ ६ महिना र १० हजार ७८८ रुपैयाँमा १२ महिना अवधिको डिसहोम फाइबरनेट उपलब्ध हुने छ ।

यसमा ५ गिगाहर्जको डुअल ब्याण्ड राउटर पनि उपलब्ध हुने कम्पनीले जनाएकाे छ । इन्टरनेट जडानका लागि नजिकको डिसहोम डिलरमा सम्पर्क गर्न सकिने वा पैसा नलाग्ने टाेल फ्रि नम्बरमा पनि सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *