त्रिविलाई तत्काल नतिजा प्रकाशन गर्न शिक्षामन्त्रीकाे निर्देशन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका सह-कुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बाँकी रहेका परीक्षाको नतिजा तत्काल प्रकाशन गर्न त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिएका छन् ।

मंगलबार अनुगमनका लागि त्रिविको परीक्षा नियन्त्रण कार्यालय बल्खु पुगेका मन्त्री पौडेलले बाँकी रहेका सबै परीक्षाको नतिजा तत्काल प्रकाशित गर्न परीक्षा नियन्त्रण कार्यालयका पदाधिकारीहरुलाई निर्देशन दिएका हुन् ।

जनशक्तिको अभाव देखाएर नतिजा प्रकाशनमा ढिलाइ गर्न नहुने उनको भनाइ छ । जति तर्क गरेपनि नतिजा प्रकाशन गर्न ढिलाई भएको भन्दै उनले अब नतिजा तत्काल प्रकाशन गर्न ‘फाष्ट ट्रयाक’बाट अघि बढ्नुपर्ने बताए ।

यता, परीक्षा नियन्त्रक पुष्पराज जोशीले जनशक्ति अभावको कारण परीक्षाको नतिजा प्रकाशित गर्न ढिलाइ भएको जवाफ मन्त्री पौडेललाई दिएका थिए । उनले जनशक्तिको अभाव र विश्वविद्यालय अन्तर्गतका विद्यार्थीहरूको संख्या बढी भएकाले परीक्षाको नतिजा प्रकशित गर्ने काममा ढिलाइ हुन गएको आफूले मन्त्री पौडेललाई जानकारी गराएको बताए ।
मन्त्री पौडेलले परीक्षा नियन्त्रण कार्यालयको प्रणालीमा सुधार गर्न सरकार तयार रहेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *