श्रीमतीको हत्या गरी घरभित्रै शव गाडेकाे आराेपमा पक्राउ

विराटनगर । धनकुटामा श्रीमती हत्याको आरोपमा एकजना पक्राउ परेका छन् । धनकुटा नगरपालिका–४ छारागाँउका ५५ वर्षीय सिताराम श्रेष्ठलाई श्रीमती हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

गत पुस १६ गते साँझ ५ बजेदेखि धनकुटा ४ कि ५५ वर्षीया सिता श्रेष्ठ वेपत्ता भएकी थिइन् । उनी हराएको बारे प्रहरीमा उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय धनकुटाले अनुसन्धान थालेको थियो ।

श्रीमती हराएको निवेदन प्रहरीमा परेसँगै सिताराम पनि घरबाट हराएको पाइएपछि प्रहरीले श्रीमान लक्षित अनुसन्धान अघि बढाएको थियो । घरबाट हराएका सितारामलाई प्रहरीले पुस ९ गते काठमाडौँबाट पक्राउ परेको जनाएको छ । पक्राउ परेसँगै सोधपुछको क्रममा श्रीमतीलाई उनी आफैँले हत्या गरी घरभित्रै गाडेको भनी बयान दिएसँगै जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी उपरीक्षक सहित गएको टोलीले शव फेला पारेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

घरभित्र गाडिएको भनिएको ठाउँमा प्रहरीले गरेको उत्खननबाट सीता श्रेष्ठको शव फेला पारेको जनाएको छ । घर भित्रै खाल्डो खनी गाडेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको हो । श्रीमतीको हत्या गरी आफैँले खाल्डो खनी घर भित्रै गाडेर फरार भएका श्रेष्ठलाई कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *