काठमाडौँ जिल्ला प्रशासनमा कौण्डिन्य महासमाज महासंघ दर्ता

काठमाडौँ । अर्जुनप्रसाद बन्जाराको अध्यक्षतामा कौण्डिन्य गोत्रीय महासमाज गठन भएको छ ।

झण्डै चार दर्जन जातहरू रहेको कौण्डिन्य गोत्रीय जातहरूको भेलाबाट २०७८ साल पौष २२ गते देश तथा विदेशमा कौण्डिन्य गोत्रीय बन्धुहरू तथा कौण्डिन्य गोत्रीय बन्धुहरूको प्रतिनिधित्व गर्ने संस्था वा समाजहरू पारस्परिक सौहार्दता, सद्भाव एवं बन्धुत्वको भावनाको विकास गर्दै एकताबद्ध बनाउने उद्देश्यका साथ सम्पूर्ण कौण्डिन्य गोत्रीय समाजका प्रतिनिधिहरूको उपस्थितिमा २०७७ साल चैत्र २८ गतेको भेलाबाट कौण्डिन्य गोत्रीय महासमाज महासंघ काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा विधिवत् रूपमा दर्ता भएको  महासंघले जानकारी दिएको छ ।

महासमाजका उपाध्यक्ष बाबुराम आचार्यले झण्डै ४४ वटा थरहरू कौण्डिन्य गोत्रमा अहिलेसम्म फेला परेका र सबै थरहरूलाई सविस्तार समेटेर लाने बताए । उनले भने, ‘केही समयपछि सार्वजनिक रूपमा सबै थरहरूलाई महासंघमा जोडिनका लागि सार्वजनिक रूपमा आह्वानसमेत गर्छौं ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *