थप १० हजार ३१९ जनामा काेराेना संक्रमण, ४ जनाकाे मृत्यु

काठमाडाैँ । पछिल्लो २४ घण्टामा थप १० हजार ३१९ जनामा कोरोनाभाइरस (काेभिड-१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१ हजार २०१ जनामा कोरोना परीक्षण भएको थियो । यससँगै देशभर सक्रिय संक्रमितको संख्या ८२ हजार ५५० पुगेको मन्त्रालयले जनाएकाे छ ।

सोही अवधिमा निको हुनेको संख्या भने २५४० जना रहेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट ४ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ६५९ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *